अन्लाईन बुलेटिन
फाल्गुन २६
काठमाडौ नेपाल

  बैज्ञानिक युगको प्रगति संगै केहि समय पहिले एक पुरुषमा बङ्गुरको मुटु प्रत्यारोपण गरिको थियो ।

 द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो।

बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ।
उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि मात्रै यसबारे प्रतिक्रिया दिने बताएका छन्।