शैलुङको आलु उपहार लिने र दिने कार्यक्रम (फोटोफिचर)


कृष्ण बुढाथोकी

विहीबार, ११ साउन २०८०, दोलखा।

आज शैलुङ गाउँपालिका कृषकहरुले मन्त्री र संसदहरूलाई आलु उपहार दिएका छन्।

दोलखाका किसानहरूले शैलुङको आलुको बजार प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार राप्रपा अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, कांग्रेस पार्टीका महामन्त्री गगन थापा, संस्कृति पर्यटन तथा उड्डयन मन्त्री सुदन किरातीलाई उपहार दिएका हुन्।

शैलुङको आलुको प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम थालनी गरिएको हो। अझ कयौँ नेताहरुलाई उपहार दिने कार्यक्रम जारी रहेको छ।

दोलखा जिल्लामा शैलुङमात्र नभई विगु, कालिञ्चोक, गौरिशंकर, जिरी लगायतका गाउँ/नगरपालिका तथा सम्पुर्ण दोलखा जिल्ला नै आलुको लागि अत्यन्तै प्रसिद्ध मानिन्छ।

दोलखाको आलु काठमाडौंमा विशेषगरी मुडेको आलुको रूपमा चिनिन्छ। दोलखा जिल्लामा फल्ने आलुलाई काठमाडौं लगायत विश्व बजारमा पुर्‍याउन त्यहाँका किसानले सरकारलाई अनुरोध गरेका छन्।

तस्बिरहरू:

सम्बन्धित खबर