अकबरे खुर्सानी खानुहुन्छ? यस्ता छन् फाइदा


अनलाईन बुलेटिन संवाददाता

हामीमध्ये धेरैलाई अकबरे खुर्सानी मनपर्छ। अकबरे खुर्सानी खाँदा जति पिरो छ त्यतीकै गुणकारी पनि छ।

विश्वमा नेपालको अकबरे खुर्सानी भनेर परिचित गराउने यो खुर्सानीलाई पश्चिम नेपालमा डल्ले खुर्सानीका नामबाट चिनिन्छ। हाम्रो भान्छामा तरकारी, अचार, मासुलाई अकबरेले जति स्वादिलो बनाउँछ। यसका फाइदा पनि त्यतिकै छन्।

संसारमा कहि नपाइने यो खुर्सानीको व्यवसायिक उत्पादन शुरूमा इलाम, धनकुटा लगायतका पूर्वी जिल्लाहरूबाट भए पनि पछिल्लो समय देशभर खेती गर्न थालिएको छ। केहि वर्ष अघिसम्म घरको लागि मात्र उत्पादन गर्ने अकबरे खुर्सानी अहिले प्रायः जिल्लामा व्यवसायीक खेती गर्न थालिएको छ। सिजी ग्रुपले उत्पादन गर्ने पिरो चाउ‌चाउमा अब अकबरे खुर्सानीको प्रयोग गर्ने भन्दै हजारौ रोपनी जग्गामा खेती गर्न थालेको छ।

आज हामीले अकबरे खुर्सानी सेवन पछि हुने फाइ‌दाका बारेमा पाठकलाई जानकारी दिने जमर्को गरेका छौ। अकबरे खुर्सानीले पाचन प्रणालीमा अत्यन्तै लाभ हुनुका साथसाथै माइग्रेन समस्यालाई समाधान गर्न मद्धत गर्दछ। नियमित रूपमा अकबरे खुर्सानी सेवन गर्दा केही हदसम्म क्यान्सर रोक्न सहयोग गर्छ।

हाडजोर्नी दुखाइ कम गर्न अकबरे खुर्सानी रामवाण हुने सेवनकर्ताहरुको भनाई रहेको छ। अकबरे खुर्सानीबाट मुटुको समस्या समाधान हुन्छ। रगत‌मा भएको चीनीको मात्रा कम गरी सुगर रोगलाई कन्ट्रोल गर्नुका साथै थकाइपनबाट आराम दिन्छ। एलर्जीबाट मुक्ती दिलाउँदै ग्यास्ट्रीक र अल्सर रोगबाट मुक्ती दिलाउन मद्दत गर्दछ।

अकबरे खुर्सानीको उत्पादन सिजन शुरूवात भएकोले पाकेको काँचाे खुर्सानीलाई सुकाएर राखेर वर्षभरी स्वास्थ्यकर र स्वादिलाे खुर्सानी सेवन गर्न पाइन्छ।

पाकेको खुर्सानीलाई उमालेका पानीमा नून राखेर सेलाए पछि बट्टामा राख्दा पनि अचारको स्वादमा वर्षभरी खान मिल्छ। नाम एक काम अनेक भने झै गुनिलो अकबरे खुर्सानी सेवन गर्ने होइन त?

सम्बन्धित खबर