अपर तामाकोशीले हकप्रद शेयरबाट बञ्चित गराउन खोजेकोप्रति एमाले दोलखाको ध्यानाकर्षण


कृष्ण बुढाथोकी

सोमबार, २२ साउन २०८०, दोलखा । नेकपा एमाले दोलखाले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दोलखाली नागरिकलाई हकप्रद शेयरबाट बञ्चित गराउन खोजेको भन्दै त्यसतर्फ गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि शेयर दाखिला खारेजको मिति तोकिएको सुचना प्रकाशित गरेपछि एमाले दोलखाले त्यसप्रति आपत्ति जनाएको हो। एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दोलखाबासीलाई हकप्रद शेयरबाट बञ्चित गराउन खोजेकोप्रति गम्भिर ध्यानाकर्षण गराएका छन। हकप्रद शेयरमा सबै दोलखालीको सहभागीता सुनिश्चित गर्ने विषयमा साउन ९ गते छलफल भएको र सो छलफलले गरेका निर्णय कार्यान्वयन नगरी हाइड्रोपावरले बुक क्लोजको सुचना जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साउन ९ गते जिल्ला समन्वय समितिमा बसेको सर्वपक्षिय बैठकमा दोलखाली नागरिकको हितग्राही खाता डिम्याट खोल्ने व्यवस्था सबै पालिकामा गर्ने निर्णय भएपनि सो निर्णय कार्यान्वयन नगरिएको एमालेको विज्ञप्तिमा उल्लेख छ। साथै एमालेले कुनै पनि बाहानामा दोलखाली नागरिक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रदान गर्ने हकप्रद शेयरबाट बञ्चित हुन नहुने र डिम्याट खाता नभएका नागरिकले पनि हकप्रद शेयर पाउनुपर्ने माग गरेको छ।

सम्बन्धित खबर