बुधबार, २४ साउन २०८०, दोलखा । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गर्नुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छिन।

उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ, भन्दै प्रश्न गरिन। उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो, भन्दै प्रश्न समेत गरिन।

उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरेकी दिइन।

उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरेकी छिन।