बढ्यो पेट्रोलियम पदार्थको मूल्य


कृष्ण बुढाथोकी

बुधबार, ३१ साउन २०८०, दोलखा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमको मङ्गलबार बसेको बैठकले डिजल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो। मङ्गलबार मध्यरातीबाट लागु हुनेगरी परिवर्तन भएको नयाँ मूल्य अनुसार डिजल र मट्टितेलको मूल्य अधिकतम १६७ रुपैयाँ र पेट्रोलको मूल्य अधिकतम १७८ रुपैयाँ पुगेको छ।

निगमका अनुसार भारतबाट नै मूल्यवृद्धि भएर आएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो। निगमले यस अघि गत साउन १६ गते पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।

सम्बन्धित खबर