करेन्ट लागेर घाईते भएका गौरीशंकरका पुरुषको मृत्यु


कृष्ण बुढाथोकी

बुधबार, १३ भदौ २०८०।, दोलखा । करेन्ट लागेर घाईते भएका दोलखाको गौरीशंकर गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ।

गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुका ४१ बर्षिय दिपबहादुर खड्काको उपचारका क्रममा आज मृत्यु भएको हो। खड्कालाई घर नजिकैको पोलमा गत साउन ३० गते करेन्ट लागेको थियो। उनको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राजधानी लगिएको थियो।

खड्काको राजधानीको ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए।

सम्बन्धित खबर