सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच?


अनलाईन बुलेटिन संवाददाता

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको रहेको छ।

शुक्रबार प्रतितोला १४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

सम्बन्धित खबर