सोमबार, ०८ असोज २०८०, दोलखा। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ। उनीहरु बीच सोमबार बिहान चीनको राजधानी बेइजिङ स्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्र्रचण्डले चिनियाँ प्रधानमन्त्री छियाङसँगको छलफलका लागि २३ बुँदे छलफलका एजेण्डा तय गरेका छन्।
यसअघि नेपालले गरेका सम्झौताको पुनरावलोक र नयाँ एजेण्डाका बारेमा छलफल हुने भएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार चिनियाँ जन कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ।
साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड बेङजिङको भेटघाटपछि छोङछिङ नगरपालिकामा आधुनिक कृषि अध्ययन भ्रमणका लागि जानेछन्।
