मंगलबार, १६ असोज २०८०, दोलखा। सिन्धुलीका एक पुरुषको हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकका एकसहित दुई जना पक्राउ परेका छन्।
मरिण गाउँपालिकाका ४४ वर्षीय दुधलाल थिङको हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १ का २२ वर्षीय ईश्वर विक र भक्तपुरका २१ वर्षीय समीर राय पक्राउ परेका हुन्।
शनिबार उनीहरुले मादक पदार्थ सेवन गरेको अवस्थामा थिङसँग सामान्य झैझगडा भएको थिए। सोही क्रममा उनीहरुले थिङलाई कुटपिट गरी ढुंगाले हानी हत्या गरेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। प्रहरीले उनीहरुलाई लुकीछिपि बसेको अवस्थामा हिजो पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
