बस खोज्दा त्रिशूलीमा हराएको चुम्बक सिमलताल नजिकै फेला


कृष्ण बुढाथोकी

सोमबार १४ श्रावण २०८१, काठमाडौँ। त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ। भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर तल फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए।

भारतीय प्राविधिकहरूले बस खोज्न २० र ४० केजीको चुम्बक प्रयोग गरेका थिए। बस फेला नपरेपछि भारतीय भारतबाट आएका विशेषज्ञहरू फर्किसकेका छन्।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन्। बसमा सवार २५ जनाको शव भेटिएको डीआईजी केसीले जानकारी दिए।

सम्बन्धित खबर