अन्लाईन बुलेटिन
फाल्गुन २०
काठमाडौ नेपाल
गुल्मिको मुसिकोट नगरपालिकाले स्थानीय कलाकारहरुको सम्मान गर्दै …..
पाचौं नगर स्थापनाको अवसर पारेर गुल्मिको मुसिकोट नगरपालिकाले कृषि ,पर्यटन,पुर्वधार र रोजगार : समृध मुसिकोट नगरपालिकाको आधार भन्ने मुला नारा सहित स्थानीय कलाकारहरुको सम्मान कार्यक्रम आयोजना गरेको छ।
सिङ्गो मुसिकोट नगरपालिकामा जन्मिएर नेपालि कलाकारितामा आबद्ध रहनु भएका सम्पुर्ण कलाकारहरूको हौसलाका निम्ति नगरले फाल्गुन २२ गते मुसिकोट नगरपालिका वामि टक्सारमा कलाकार सम्मानको आयोजना गरेको छ ।
साथै फोटो प्रदर्शन , विभिन्न सास्कृतिक झाक्री संगै प्रभातफेरि , विभिन्न सास्कृतिक कार्यक्रम वक्तृतकला लगायत अन्य थुप्रै कार्यक्रम संचालित हुदै छन।

