काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने षडयन्त्र हुन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि प्रहार गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममा बोल्दै ओलीले आफ्नो सरकारको पालामा नक्कली शरणार्थी प्रकरणको अनुसन्धान तत्कालीन नेकपा विवाद लगायतले हुन नपाएको दाबी गरे । भ्रष्टाचारको फाइल खोलेपछि वाहवाही पाएको सरकारलाई चुनौति थपिएपनि दोषी उम्किन लागेको भन्ने ओलीको अभिव्यक्तिले के संकेत ग¥यो भन्ने यकिन भने हुन सकेको छैन् । तर, निर्दोषलाई फसाउने षडयन्त्र भएको भनेका ओलीले आफ्ना पार्टीका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई जोगाउन खोजेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । आफ्नो नेतृत्वको सरकार रहेको बेला कुनै गडबड नभएको दाबी गरेका ओलीले नै यो प्रकरणलाई होल्ड गरेको आफैले खुलासा गरेका छन् ।
