
काठमाडौंबाट बैंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज काठमाडौंमै फर्किएको छ।
एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको थियो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।
