२०८० जेष्ठ २१, आइतबार
दोलखा । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध नेपाल मजदुर किसान पार्टी नेमकिपाले राजधानीमा जुलुस र धर्ना कार्यक्रम सुरु गर्ने भएका छन ।

आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिएका हुन। धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुने छ ।

केहि दिन अघि बैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न पर्ने माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुस र धर्ना गर्न लागिएको हो ।