
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने बताएका छन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि हर्क साम्पाङले पनि सोही नक्सा राख्ने बताएका हुन्।
बिहीबार काठमाडौंका मेयर बालेनले ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत साम्पाङले पनि ग्रेटर नेपालको नक्सा राख्ने बताएका छन् ।
साम्पाङले लेखेका छन्–’बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ। अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।’
