विहिबार, ०७ असार २०८०,
दोलखा । आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजु स्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि लगायत उपस्थित हुने बुझिएको छ ।

