अपि पावर कम्पनीले आगामी असार २२ गते बुक क्लोज गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो।

उक्त निर्णय असार १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

यससँगै कम्पनीले चुक्ता पुँजीको एक बराबर ०.४० को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड रुपैयाँ छ। ४० प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ।

यससँगै असार २१ गते भित्रमा कम्पनीको सेयर किन्ने वा सो अवधिसम्म होल्ड गर्ने सेयरधनीले कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।