आइतबार, २४ असार २०८०
दोलखा । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ। अन्तिम संस्कारको लागि बिजेश्वरी स्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ। गायक रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठ स्थित निवासमा मृत फेला परेका थिए।