दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डले माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।

माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर १ मा १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना निमार्ण गर्दैछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यस्तै चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।