घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस आइपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीले असार २२ गतेदेखि स्थगित आइपीओ फेरि बिक्रीमा ल्याएको हो। सीडीएसका अनुसार आइतबार साँझ ५ः०७ बजेसम्ममा ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ताका लागि आवेदन दिइसकेका छन्। कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो।

जसअनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ। यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो। कम्पनीले आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो।