रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ।
सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ।
शाखाका अनुसार ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी)बाट यस्तो परीक्षा सञ्चालन हुँदैछ।
यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ। एचआरडीबाट प्राप्त नाम समावेश भएका मध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्ने भएका छन्।
