बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेको छ।
यस दिन नेप्से ०.३७ प्रतिशतले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो।
