आईतबार, १४ श्रावण २०८०, दोलखा । अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनिले यही साउन महिनाको तेस्रो साता हकप्रद शेयरको आवेदन खुला गर्ने भएको छ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरेको अपर तामाकोशी हाइड्रोपावरले साउन तेस्रो साता हकप्रद शेयर जारी गर्ने जनाएको हो। दोलखामा आयोजित सर्वपक्षिय बैठकमा सनराइज क्यापिटल लिमिटेडका प्रमख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले साउनको तेस्रो साताबाट अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनिले हकप्रद सेयरको तयारी गरेको जानकारी दिनुभयो। कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलबिद्युत आयोजनाका लागि माथिल्लो तामाकोशीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरुबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम संकलन गरी बित्तीय व्यवस्थापन गर्ने तयारी गरेकोे छ।
सोही अनुसार रोल्वालिङ खोला डाईभर्सन सहित २१ मेघावाट क्षमताको रोल्वालिङ खोला जलबिद्युत आयोजना निर्माणका लागि आवश्यक पूर्बाधारहरु निर्माण सहित प्रक्रिया अघि बढेको अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले पटक–पटक ताकेता गरेपनि अझै दोलखाका १ लाख ९० हजार शेयर धनीले तामाकोशीको शेयर अभौतिकीकरण अर्थात् आफ्नो डिम्याट खातामा ल्याएका छैनन्। अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले हालसम्म ८६ हजारले मात्रै शेयर आफ्नो नाममा ल्याएको जानकारी दिनुभयो।
अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनिले यही साउन महिनाको तेस्रो साता हकप्रद शेयरको आवेदन खुला गर्ने भएको छ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरेको अपर तामाकोशी हाइड्रोपावरले साउन तेस्रो साता हकप्रद शेयर जारी गर्ने जनाएको हो। माथिल्लो तामाकोशीमा शेयर खरिद गरेका २ लाख ५ हजार ६ सय ५१ जनाले डिम्याट खाता खोलेपनि अझै अधिकांशले शेयर अभौतिकीकरण नगरेका हुन्। दोलखामा अपर तामाकोशी जलबिद्युत आयोजनामा २ लाख ७६ हजार शेयरधनी रहेका छन्। शेयर अभौतिकीकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाईनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ।
माथिल्लो तामाकोशीमा शेयर खरिद गरेका २ लाख ५ हजार ६ सय ५१ जनाले डिम्याट खाता खोलेपनि अझै अधिकांशले शेयर अभौतिकीकरण नगरेका हुन्। दोलखामा अपर तामाकोशी जलबिद्युत आयोजनामा २ लाख ७६ हजार शेयरधनी रहेका छन्। शेयर अभौतिकीकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाईनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ। नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई गत असार २२ गते शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिने निर्णय गरेको थियो। धितोेपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनका लागि स्वीकृति पाएको दुई महिनाभित्र हकप्रद शेयर जारी गरिसक्नुपर्ने प्राव्धान छ।
छलफलमा सहभागी भएका जनप्रतिनिधिहरुले दोलखाका प्रत्येक वडामा दुई वटा डिम्याट खाता खोल्ने काउन्टर स्थापना गर्न अपर तामाकोशीलाई आग्रह गरेका छन्। छलफलमा प्रतिनिधिसभा सांसद गंगा कार्की, प्रदेशसभा सांसदहरु भरत केसी र कुन्दनराज काफ्ले, जिल्ला समन्वय समितिका दोलखाका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, राजनितिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी र बैंकका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।