अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले १:०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासन तथा प्रयोजनका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार असार २१ गतेसम्म कायम सेयरधनीहरूले उक्त सेयरमा आवेदन दिन सक्नेछन्।

सो हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।