मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले आज मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो।
योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर आज बाँडफाँड भएको हो।
कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ।
सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले शेयर पाएका छन्।
त्यस्तै कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा ७ सय २२ जनाको आवेदन परेको छ। ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम शेयर पाएका छन्। यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता शेयर बाँडफाँड भएको छ। स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुने छ।
आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइटबाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ।
