बुधबार, २४ साउन २०८०, दोलखा । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको छ।

सुन प्रकरणमा छानविनको माग गर्दै एमालले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो। एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै बैठक अवरोध गर्दै आइरहेको छ। तर सरकारले छानविन समिति बनाउन अस्वीकार गर्दै आइरहेको छ।

एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ। बुधवारको बैठकमा एमाले सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २६ गते शुक्रबार ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ।