विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ।
पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन्। सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो।
सिटीले बर्नलीको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ।
यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ। खेल बर्नलीको मैदान टर्फ मुरमा हुनेछ।
