सोमबार, २९ साउन २०८०, दोलखा ।
दोलखाको विगु गाउँपालिकामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्।
हिजो आइतबार दिउँसो स्थानीय खोला किनारमा निउरो टिप्न गएका विगु ७ का ३५ वर्षका निमदोर्जे शेर्पा र उनका १२ वर्षका छोरा पासाङलाई माथिबाट आएको पहिरोले पुरेको थियो। पुरिएर बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव घटनास्थलबाट केही तल खोलाको दहमा फेला परेको हो।
बाबुको अवस्था भने हिजो आइतबार साँझसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।
उनीहरुसँगै गएका स्थानीय दिलबहादुर थामी भने भागेर ज्यान जोगाउन सफल भएका थिए
