बंगलादेशबाट करिब २०० जना पर्यटक एकसाथ नेपाल भ्रमणमा आएका छन्। आज पहिलो चरणमा २०० जना आएको र भोलिसम्ममा सबै गरी ७०० जना बंगलादेशी पर्यटक नेपाल आउने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।
जहाज चार्टर्ड गरेर नेपाल आएका बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पञ्चेबाजासहित स्वागत गरिएको छ।
नेपाल आएका बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।
