स्पेनले उचाल्यो महिला विश्वकप फुटबलको उपाधि


अनलाईन बुलेटिन संवाददाता

महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको हो।

खेलको पहिलो हाफको २९ औं मिनेटमा गरेको गोलले नै स्पेनलाई विजयी गराएको छ। स्पेनका लागि कप्तान ओल्गा कारमोनाले २८ औँ मिनेटमा गोल गरेकी थिइन्।

खेलमा इंग्ल्यान्ड स्पेनविरुद्ध गोलका लागि पटकपटक प्रहार गरे पनि असफल रह्यो। दुवै पक्षका खेलाडीले कडा रुपमा मैदानमा खेल प्रदर्शन गरेका थिए।

खेलको दोस्रो हाफको ६९ औं मिनेटमा स्पेनले पेनाल्टी पाए पनि इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन्। पेनाल्टीमा चुके पनि अन्ततः स्पेनले नै विश्वकपको उपाधि उचाल्न सफल भयो।

सम्बन्धित खबर