बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको सुन बुधबार प्रतितोला १ सय रुपैयाँ बढेको हो।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा २५ रुपैयाँ बढेको चाँदी बुधबार प्रतितोला १० रुपैयाँ बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।