चालु आर्थिक वर्षको साउनमा ८७ लाख रुपैयाँको गोलभेंडा भारत पुगेको छ ।
उत्पादन कमीले भारतमा गोलभेंडाको भाउ बढेपछि यहाँका किसानले गोलभेंडा निर्यात गर्न पाएका हुन्।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा ६ लाख ७० हजार ५ सय २० केजी गोलभेंडा निर्यात गर्दा ८७ लाख ३० हजार रुपैयाँ भित्रिएको छ ।
