विहीबार, २१ भदौ २०८०, दोलखा। प्रतिनिधिसभा बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।
