विहीबार, २१ भदौ २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन्।
बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन्। उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए।
उनले भने, कानून, बहुदलिय प्रजातन्त्र सबैले मान्नुपर्छ यो राप्रपाको मान्यता हो। पार्टी एकजुट छ। राप्रपा, राप्रपा छ। एकतावद्ध छ। यसमा कुनै शंकै छैन।
