मंगलबार, २६ भदौ २०८०, दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकामा तितेपातीको व्यवसायिक खेती गरी विदेश निर्यात गर्ने तयारी गरिएको छ।

थोरै लगानीमा आम्दानी लिन सकिने तथा बाँझो जमिनलाई सदुपयोग गर्ने लक्ष्यका साथ व्यवसायिक खेती गरिएको तीतेपाती जापान निर्यात गर्ने तयारी गरिएको हो। वैतेश्वर गाउँपालिका–७ मार्बुका रेशमराज स्वराज रिमालले २०७९ साल असारबाट सुर गरेको तितेपातीले बजार लिन सुरु गरेको छ। औषधीका रुपमा प्रयोग हुने तितेपाती राम्रो मूल्यमा विक्री हुने गरेको छ। रिमालले तितेपाती खेती गरेको १३ महिनापछि भदौको पहिलो साता एक टन बिक्रि गरेर ६० हजार आम्दानी गरेका छन्। कच्चा पदार्थको रुपमा यसको सुकेको पात वा डाँठ प्रतिकिलो ६० रुपैयाँले बिक्री गरिएको हो। वैतेश्वर स्थित मार्बुको तितेपाती गुणस्तर परिक्षणमा उत्कृष्ट ठहरिएपछि पहिलो पटक जापान निर्यातको तयारी रिमालले जानकारी दिए।

दोलखाको बैतेश्वर गाउँपालिकामा तितेपातीको व्यवसायिक खेती गरी विदेश निर्यात गर्ने तयारी गरिएको छ। थोरै लगानीमा आम्दानी लिन सकिने तथा बाँझो जमिनलाई सदुपयोग गर्ने लक्ष्यका साथ व्यवसायिक खेती गरिएको तीतेपाती जापान निर्यात गर्ने तयारी गरिएको हो। रेशमराज स्वराजरिमालले तितेपाती खेती गरेको १३ महिनापछि भदौको पहिलो साता एक टन बिक्रि गरेर ६० हजार आम्दानी गरेका छन्।

तितेपाती काठमाडौंस्थित जापानको यामाशो कम्पनीले खरिद गर्ने गरेको छ। सो कम्पनीसँग ४ वर्षको सम्झौता गरेर मार्बुमा तितेपानी व्यवसायिक खेति सुरुवात गरिएको हो। रिमालले एकल स्वामित्वमा ताप्लेजुङबाट प्रतिबिरुवा एक रुपैयाँ लागतमा करिब ३ हजार बिरुवा ल्याई मार्बुमा करिब १० रोपनी क्षेत्रफलमा खेती गरेका छन्। तितेपाती खेतिका लागि प्रतिरोपनी करिब एक लाख लगानी गरिएको छ । काठमाडौंमा प्रशोधन गरी तितेपातिको मोक्जा बनाएर जापान निर्यात गरिन्छ।

तितेपाती खेतीबाट प्रतिरोपनी ३० हजार आम्दानी हुने अनुमान गरिएको छ।