सोमबार, ०१ असोज २०८०, दोलखा। काठमाडौँको तिनकुने स्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्चय भण्डारीले हत्या गरेको स्विकार गरेका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ। यसअघि नवीन राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको विषयमा कुटपिट पनि गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका थिए। उनका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए। सोही कारण उनले राईसहित चार जनाको हत्या गरेका थिए।
उनले मोरङका राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको हत्या गरेको स्वीकारेका हुन्। तीनकुनेस्थित दिव्य सःमिलमा उनीहरूको सामूहिक हत्या भएको थियो। अनुसन्धानमा खटिएका प्रहरीले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा उनलाई पक्राउ गरेको दाबी गरेको छ।
