सोमबार, ०१ असोज २०८०, दोलखा। सुनजस्तो देखिने धातु देखाई ठगी गर्ने दोलखाका एक सहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको बिगु गाउँपालिका–५ घर भइ भक्तपुरको नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन वि.क, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ का ३१ वर्षीय विशुराम थपलिया, लाजिम्पाट बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरीको सितापुर गाउँपालिका ८ इटहरूवा घर भइ जोरपाटी बस्ने ३४ वर्षीय दिलिपकुमार चौधरी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बालाजुबाट सुन जस्तो देखिने धातु सहित उनीहरुलाई पक्राउ गरेको हो।

सो टोलीले उनीहरूको साथबाट युपेङ्ग गोल्ड १ किलो फाइन गोल्ड ९९९।९ वाइ १८५२७० लेखिएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो। उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन्।