मंगलबार, ०२ असोज २०८०, दोलखा। सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोकका एक युवक पक्राउ परेका छन्।

पाँचखाल नगरपालिका ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन्। उनले पटक पटक गरी ६ लाख २ हजार ५ सय ४८ रुपैयाँ ट्रान्सफर गरी ठगी गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।