शुक्रबार, ०५ असोज २०८०, दोलखा। प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै छन्।
चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लागेका हुन्।
न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुनेछन्। भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले चिनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने छन्।
सो अवसरमा केही महत्वपूर्ण सम्झौता हुन सक्ने बताईए पनि के कस्ता सम्झौताको तयारी गरिएको छ भन्ने खुलाईएको छैन।
