मंगलबार, ०९ असोज २०८०, दोलखा। खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर मृत्यु भएका युवककको शव अझै उठ्न सकेको छैन।
आयोजनाको सुरुङमा काम गर्ने क्रममा पहिरोले पुरिएर मृत्यु भएका गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पाको शव अझै उठ्न नसकेको हो।
आयोजनामा घट्ना घटेपछि तनाव सिर्जना भएको छ। हिजो बेलुकी मृतकका परिवार तथा आफन्तजनले घटनास्थलमै गएर आयोजनाका कर्मचारीहरु माथि दुव्र्यवहार पनि गरेका थिए। अहिले परिवारजन र खिम्ती–२ जलविद्युत आयोजनाका कर्मचारीबीच छलफल भइरहेको छ। मृतक शेर्पाका आफन्तजनले क्षतिपूर्तिको माग राखी आयोजनाका कर्मचारीहरुसँग छलफल गरिरहेका छन्। उनीहरु बीच छलफल चरिरहेकोले शव हालसम्म नउठेको दोलखाका प्रहरी निरिक्षक सरल महर्जनले जानकारी दिए।
हिजो दिउँसो करिब १ बजे जिरी नगरपालिका वडा नम्बर ८ स्थित खिम्ती–२ आयोजनामा काम गर्ने क्रममा सुरुङमा खसेको पहिरोले पुरिँदा शेर्पाको मृत्यु भएको थियो।
