सोमबार, १५ असोज २०८०, दोलखा। सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताए।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सिंहले प्रधानमन्त्रीको भ्रमणबाट छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गरे। उनले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने भन्दै उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताए। सांसद सिंहले व्यस्त प्रधानमन्त्री भएको भए एक वा दुई दिनको मात्रै भ्रमण हुने बताए।
प्रतिनिधि सभा सदस्य सिंहले प्रधानमन्त्रीको चिन भ्रमणमा तिर्थयात्रा भएको भन्दै तिर्थयात्रा गर्न प्रधानमन्त्रीको आवश्यकता नभएको बताए।
