विहीबार, १८ असोज २०८०, दोलखा। सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको नियामक निकाय फिफाले पुष्टि गरेको छ।
स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको हो भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ। मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागेको हो।
यो निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कङ्ग्रेसमा पारित गरिने बताइएको छ। विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने।
