ललितपुर । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल जुद्ध वारुण यन्त्र मर्मत पछि सञ्चालनमा ल्याएको छ। झन्डै ४० वर्षयता प्रयोगमा नआएको उक्त दमकल मर्मत संहार गरेर आजबाट सञ्चालनमा ल्याइएको छ।
उक्त दमकलको मोहन प्रसाद नहकर्मीले मर्मत गरेका हुन्। विभिन्न देशबाट आवश्यक पुर्जा सङ्कलन गरेर नहकर्मीले दमकल मर्मत गरेका हुन्। यो दमकललाई आज ललितपुर, काठमाडौँ र भक्तपुरमा परीक्षण गरिने ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिएछन।
यो दमकल प्रयोगमा आएसँगै ललितपुर महानगरसँग रहेको दमकलको सङ्ख्या ६ पुगेको छ ।
