बुधबार, ०९ साउन २०८१, काठमाडौँ। प्रतिनिधि सभा सदस्य सुशिला थिङले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनु पर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी हुन्।
‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो। म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ।’
अब अझ पनी कति कुर्न पर्ने हो पालो हामी जस्ता योग्य महिलाहरुले साथै उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनु पर्ने हो भनेर प्रश्न गरिन्।
हामीलाई कहिले समान बनाउने हो संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो, सांसद थिङको भनाइ छ।
