शुक्रबार, ११ असोज २०८१, दोलखा। दशैं/तिहार नजिकिएसँगै दोलखाको उद्योग वाणिज्य कार्यालयले बजार अनुगमनलाई तीव्र बनाउँदै म्याद गुज्रिएका र अखाद्य वस्तुहरू नष्ट गर्ने कार्य सुरु गरेको छ। चरिकोट, सिंगटी बजार, र सडक छेउका होटल तथा पसलहरूमा अनुगमन गर्दै हालसम्म ८४ हजार २३५ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामानहरू जफत गरी नष्ट गरिएको छ।

अनुगमनको क्रममा चाउचाउ, बिस्कुट, दालमोट, कुरमुरे लगायतका दैनिक उपभोग्य सामग्रीहरू फेला परेका छन्। वाणिज्य कार्यालयले स्थानीय सरकारको समन्वयमा यो अनुगमन सञ्चालन गरेको हो। म्याद गुज्रिएका खाद्यान्न सामाग्रीहरूको बिक्री भइरहेको सूचना प्राप्त भएपछि अनुगमन गरिएको हो।

सिंगटी बजारका एक व्यापारीलाई म्याद गुज्रिएको सामान बिक्री गरेको र चिनीको तौलमा ठगी गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस अनुगमन अभियान अन्तर्गत, हालसम्म ४१ हजार ३२३ रुपैयाँ बराबरका म्याद गुज्रिएका वस्तुहरू पनि बरामद गरी नष्ट गरिएको छ।