
काठमाडौं, पुस २३
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध एयरको जहाज दुर्घटना छानविन गर्न समिति गठन गरेको छ।
गत पुस १८ गते झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाको जाँचबुझका लागि वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताको रुपमा तोकिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
बुद्ध एयरको (एनएमएफ) जहाज दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ।
जाँचबुझ समिति गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ९ को उपनियम (२) बमोजिम बनाइएको उल्लेख छ।
