आजका यूवा वर्गहरुको खोजी र आवश्यकता


कृष्ण बुढाथोकी

कात्तिक २९, काठमाडौं ।

सुशिला सिङ ठकुरी, आजका यूवा वर्गहरुको खोजी र आवश्यकता÷चासो
यूवा हाम्रा देशका वर्तमान र भावि कर्णधार हुन । यूवाले देश विकासमा विभिन्न माध्यमबाट सहयोग गदै आएका छन । उनीहरुबाट पाएको सहयोग देश निर्माण योजनामा र देश विकासमा फाइदा पुगेको छ । यूवा भनेका वर्तमान समयका जल्दा बल्दा नागरिक हुन । अहिलेका यूवामा दक्ष, ज्ञान,कौशल, सिप यूक्त रहेका छन । यूवाहरुको दक्ष जनशक्तिबाट उत्पन्न ज्ञानले विभिन्न सिप सिर्जना गर्दै आएको छ । जुन सिपबाट देशमाा रोजगारिको अवसर प्रदान हुन्छ र देशको आर्थिक क्षेत्रमा विकास हुन्छ । यूवा सक्षम र ज्ञानि भ एभने देशमा सकारात्मक शिक्षाको विकास हुन्छ ।
आजका यूवामा धेरै लगनशीलता छ । यूवामा धेरै आकाङक्षा, इक्ष्छा, चासो रहेको छ तर यूवाहरुमा आफैले आफैलाई गरेका प्रश्नहरु मध्यः
के यूवाहरुले गुणस्तरीय शिक्षा प्रदान गरिएको छ त ?
यूवाका चासो अनुसार योजनाका बाड्फाड् भएका छन त ?
यूवाको चासो प्रति राज्यले के ध्यानर्कषण गरेको छ त ?
यूवाको ज्ञान, सिपको प्रयोग गर्ने स्थान निमार्ण भएको छ त ?

यस प्रकारका प्रश्नहरुलाई मध्यनजर गर्दै हरेक व्यक्तिले वा राज्यले यूवाहरुको चासोलाई बुझिदिनु पर्ने छ । यूवाहरुको सकरात्मक चासोलाई भित्र भित्रै मार्नु पर्ने हो त ? भन्ने प्रश्न पनि आउन सक्छ । यस्ता प्रश्नको उत्तर सम्बन्धीत निकायसम्म पुग्न जरुरी छ । यूवाका यी योजनालाई चासोलाई दैनिक जीवनमा लागु गर्न हरेकको साथ सर्पो चाहिन्छ ।
यूवाको हरेक चासोमा ध्यानार्कषण भएमा यूवाले सोचेको माध्यमबाट कार्य सञ्चालन गरेर देश विकासको मुख्य स्रोत प्राप्त गर्न सकिन्छ । यूवाले सोचेको आफ्नो सिप निर्माण गर्न सक्छन । त्यसैले यूवालाई ध्यानाकर्षण गरेर गुणस्तरीय सिपलाई प्रस्फुटन गराउन जरुरी छ ।
हाम्रो देशमा यूवाको हरेक चासो पुरा गर्न मुख्य स्रोतको अभाव रहेको छ । यूवाको हरेक चासोलाई भित्र भित्र मारिएको छ । यूवाको एउटा जुन राज्य सम्बन्धी प्रयोग गर्नुपर्ने अधिकार छ हो त्यसको सही सदुपयोग गरेको पाइदैन । यूवामा गर्नु पर्ने कार्यको बारेमा चेतना, सिप पनि छ । तर कहाँ गर्ने, त्यस कार्यलाई कसरी व्यवस्थापन मिलाउन सकिन्छ । हो यस्तै यस्तै कुराको अभावले देश पछि परेको छ । यस्तै उपयूक्त साधन नभएर यूवाको चासो मर्दै गएको छ ।
यदि देशमा गुणस्तरीय साधन स्रोतको परिपूर्ति भयो भने हरेक यूवामा लुकेर रहेको सिपलाई हामी हाम्रा दैनिक जिवनमा प्रयाप्त रुपमा देख्न तथा सुन्न सकिन्छ । देश उपयूक्त पुजीको अभावका कारण पनि यूवा पछि परेका छन । कच्चापदार्थको अभाव भएर कुनै पनि साधन निर्माण भएको छैन । विज्ञान र प्रविधिको उचित प्रयोग भएको छैन । प्रविधि अनुसार कार्य गर्दा हरेक यूवाले सफलता पाउछ । यूवाहरुलाई प्रविधियूक्त सिप सिकाइको जरुरत छ । प्रविधियूक्त सिपले देश विकासमा सहयोग पुयाउछ । गुणस्तरीय शिक्षा प्रदान गरी सुनिश्चित भविष्यको योजना निर्माण गर्न सकिन्छ । रोजगारीमा बृद्धि गरेमा देश विकास हुने सम्भावना अति धेरै प्रबलहरु छन ।
हाम्रो देशका यूवाहरुको मूख्य समस्या रोजगारी नपाउनस हो । रोजगारी नपाएकै कारण सवै बस्तुको व्यवस्थापनमा असफल हुन पुगेको प्रष्टै छ । विभिन्न उद्योग धन्दाहरु, कलकारखाना हाम्रो देशमा एकदमै कम भएका कारण रोजगारीमा कमी आएको छ । उद्योग, कलकारखानाको विकास नभएका कारण यूवाहरु पछि पर्नु र विदेशिनु परेको अवस्था छ । उद्योग, कलकारखाना निर्माण भएको भए देशका यूवा बेरोजगार भएर बस्नु पर्दैन थियो होला । त्यसकारण देशमा कुनै पनि विकास उन्मूख कार्य हुन सकेकै छन ।
यूवाहरुको चासोमा सरकारबालाले ध्यानाकर्षण गर्नु पर्ने हुन्छ । विविध सिपमुलक कार्यक्रम सञ्चालन गरी यूवालाई दक्ष सिप हासिल गर्न सकिन्छ । विभिन्न विज्ञान प्रविधिको सिप सिकाउन सरकारबाट पहल गर्नु पर्छ । यूवाहरुले जानेको सिपलाई पनि विभिन्न ठाउँमा लगाउन वा लागु गर्न विभिन्न ठाँउबाट पहल गर्नु पर्छ । विविध क्षेत्रमा कार्यरत व्यक्तिहरुको सिपलाई पनि प्रचार प्रसार गरी गराउनु पर्छ । सिपमुलक कार्य गर्नाले देशको आर्थिक स्थितीमा सफलता हासिल गर्न सकिन्छ ।
अहिलेका यूवाहरु मैले धेरै थरीका देखेकी छु । जस मध्य एक यूवा टोली देशलाई करी विकसीत बनाउने भन्ने पाटो तर्फ लम्कि रहेका छन भने केहि यूवा यस्ता पनि छन आफ्नो समय खेर फालेर नकारात्मक कुलतमा फसि नराम्रा कार्यहरुलाई अग्रसर दिदै आएका छन । यहाँ कसैको केहि वास्था छन , कसैको सुख दुख बाड्ने, मर्म बुझ्ने समय छैन । यहाँ केहि आफ्ना कार्य प्रति एकदमै मन ध्यान केन्दि«त गरी एक सुरमा लागी परेका छन । हाम्रो देशमा आर्थिक अवस्था कमजोर भएका कारण देशका दक्ष यूवा विदेशीन बाध्य छन । देशका दक्ष जनशक्ति बौद्धिक पलायन भएकाले देश विकास ठप्प भएको छ ।
विदेशमा यूवाले खर्चिनु पर्ने, मेहेनत, पसिना बगाउनु, नेपालमै बसेर कृषि क्षेत्रमा विभिन्न प्रविधिको प्रयोग गरी देशलाई विकासमा फाइदा हुने विषयलाई केन्दि«त गरी यही केहि गरेमा देश विकास हुन सक्थ्यो । तर यूवाहरु विदेश नै गए पनि विदेशमा सिकेका सिप नेपालमा आएर त्यहि सिपको सही सदुपयोग गरेमा अवस्य देश विकास हुन्छ । कति यूवा शिक्षित पनि छन, दक्ष, सिपमुलक पनि छन तर त्यो सिप कहाँ, कसरी, कहिले प्रयोग गर्ने भन्ने कुराकाु ज्ञान छैन । सिप सिके बापत राम्रो आय लिन नसकेका कारण नि यूवा आफ्ना सिपलाई सञ्चालनमा ल्यायका छैन्न । देशका लागि अल्पकालीन, दीर्घकालीन र स्थिर यूवा जनशक्तिको आवश्यकता पर्छ ।
दीर्घकालीन यूवा जनशक्तिले कुनै पदमा लामो समयसम्म काम गरेका हुन्छन । हाम्रो देशका यूवाहरु आफ्ना इच्छा अनुसार विभिन्न क्षेत्रमा कार्यरत छन जस्तै सामाजिक सेवा क्षेत्रका कर्मचारी सेना, प्रहरी, शिक्षक, डाक्टर आदि हुन । शिक्षक, डाक्टर जस्ता सिप भएका यूवाले एक पटक ज्ञान तथा सिप हासील गरेपछि जिवनभर काम गर्न सक्ने व्यक्ति हुन । हाम्रा देशका असल यूवाका चासो असिमित छन । यिनीहरुले आफ्ना अन्नगिन्ती इच्छालाई प्रस्फुटन गर्दै आफुले गर्ने कार्यमा लगनशिलता भएर कार्य पुरा गरेका छन ।
अहिले यूवा चासो भनेको सुखी परिवार, विकसीत देश उद्देश्यमुलक शिक्षा हासिल गर्नु स्वच्छ स्वास्थ्यि गुणस्तरीय जिवन यापन गर्न चाहान्छ । उनीहरुको यस्ता चासो ले गर्दा समाजमा केहि सुदार आउन सक्छ । यस्ता सकरात्मक सोचाइले राम्रो सोच विचार प्रदान गर्छ । असल सोच विचारले आफ्ना इच्छालाई सहज र सरलताले सम्पन्न हुन्छ ।
यूवाका सकारात्मक सोचाइका कारण विकासका गतिविधि र क्रियाकलापको देशको विद्ध्यामान स्थिनिमा क्रमिक रुपमा परिवर्तन ल्याउछ । यूवा जनशक्तिको चासो विकासको लक्ष्य मानवीय आवस्यक्ता पुरा गर्नु हो । यूवा जनशक्तिका चासो अनुसार बस्तु र सेवाको उत्पादकत्वमा बृद्धि गर्नु हो । गरीबि न्यूनिकरणमा यूवा जनशक्ति लागु परेको छ । यूवाहरुले परम्परागत सोचबाट आधुनिक सोच तर्फ अग्रसरता दिलाएको छ ।

सम्बन्धित खबर