tikaram-dulal-ob

पिडाहरु ल्यायो यही जिन्दगीले
जीउन सिकायो यही जिन्दगीले

जिन्दगी जीउन युद्ध जस्तै रैछ
लडायो उठायो यही जिन्दगीले

मजबुत झन मजबुत भए अरे
मेरो ज्यान खायो यही जिन्दगीले

आधा उमेर परेली झिम्के झै गयो
जीउने मोह जगायो यही जिन्दगीले

मृत्यु शैयामा ऐसास भएर के गर्ने
भन्छ जाने दिन आयो यही जिन्दगीले

✍️ : इलामेलीटीकाराम दुलाल