
काठमाडौं महानगरपालिकाले दर्ता बिना नै सञ्चालनमा रहेका दुई अस्पताल सिल गरेको छ।
महानगरले मंगलबार बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड वर्थिङ सेन्टरलाई सिल गरेको हो।
दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेको महानगरको स्वास्थ्य विभागले जनाएको छ।
‘दुवै अस्पताल दर्ता बिना नै सञ्चालनमा रहेछ,’ विभागका एक कर्मचारीले भने, ‘अहिलेलाई गैरकानुनी रुपमा स्वास्थ्य सेवा प्रवाहलाई रोक्न हामीले तालाबन्दी गरेका छौं।’
दुवै अस्पताल १५ शय्याको रहेको र अस्पताललाई महानगरले नै खारेज गर्न सक्ने बताएको छ।
